सुनको मूल्य प्रतितोला ७२ हजार २ सय


काठमाडौँ, १८ मङ्सिर । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० निर्धारण गरेका छन् ।

सोमबार र मङ्गलबार प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधवार प्रतितोला ८६५ पुगेको छ । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।

आइतबार प्रतितोला ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार ७१ हजार ४०० मा कारोबार भएको थियो । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार १०० मा खरिदबिक्री भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्