नलबारीको कन्सर्ट राजेसपायलमय : कलाकारको रु.२ लाख ७० हजार सहयोग


बेलबारी, २६ पुस / शुक्रवार राजेसपायलमय बनेको बेलबारी ९ स्थित नलबारीको “पिस म्युजिकल कन्सर्ट २०२०” मा कलाकारहरूले रु.२ लाख ७० हजार सहयोग गरेका छन् ।

शान्ति युवा समूह, बेलबारीद्वारा “नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत तथा समृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ जीवन” भन्ने नाराका साथ आयोजित पिस म्युजिकल कन्सर्ट २०२० मा राजेशपायलको प्रमुख प्रस्तुतिसँगै उपस्थित कलाकारहरूले सो रकम सहयोग गरेका हुन ।

राजेशपायलले रु.५० हजार, उमेश राई (फुलेन्दाको आमा) ले रु.४० हजार, सेरा थामीले रु.३० हजार, विनोद खम्बुले रु.२५ हजार, रेवत राईले रु.२५ हजार, मायादेवी थामीले रु.२५ हजार र मनिता कुलुङ राईले रु.२५ हजार सहयोग प्रदान गरेका छन् ।

पिस म्युजिकल कन्सर्ट २०२० मा राजेस पायल राई साथै बेलबारी ९ स्थित नलबारीको प्रस्तुतिले राजेसपायलमय बनेको हो । शान्ति युवा समूहको अभियान लागु औषधरहित समाज निर्माण अभियानलाई सफल बनाउन साथै भवन लागि सबैलेले सहयोग प्रदान गरेको गायक राजेसपायलले बताएका छन् ।

कार्यक्रममा राजेसपायलको प्रस्तुतिले नलबारीनै राजेसपायलमय बनेको थियो भने दर्शकको हजारैको भिडको वान्स मोरले कार्यक्रम रातको १०ः३० बजे सम्म लम्बिएको थियो । राजेसपायलले निरन्तर १ घण्टा भन्दा लामो गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएर पुसको जाडोको रत्तीभर पनि महसुस हुन दिएनन् । राजेसपायलले विशेष गरी किराँती संस्कृतिको मौलिक पहिचान झल्काउने गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बालक देखी वृद्धसम्म सबै उमेरका दर्शकहरूको उपस्थिति रहेको थियो ।

उमेश राई अर्थात् फुलेन्देको आमाले लागु औषधरहित समाज बनाउन सन्देश दिँदै आफ्नो प्रस्तुतिले हँसाएका थिए भने सेरा, विनोद र रेवतको गीतले सबैको मन छोएको थियो । मायादेवी र मनिताको नृत्यले दर्शक पनि रमाउँदै नाचेका थिए । कार्यक्रममा बेलबारी निवासी सञ्जीव धिमाल, सुदिक्षा भट्टराईले पनि गीत गाएका थिए भने स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य रहेको थियो ।

कार्यक्रममा शान्ति युवा समूहका संस्थापक अध्यक्ष भीम लामा, सचिव तथा पूर्व अध्यक्ष प्रेम राई, पूर्व अध्यक्ष डिल्ली खुलाल, प्रकाश राई, दुर्गाकुमार धिमाल र भरतबहादुर धिमाललाई सम्मान गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत तथा समृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ जीवन भन्ने नाराका साथ आयोजित पिस म्युजिकल कन्सर्ट २०२० शान्ति युवा समूहका अध्यक्ष धिरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्