टिपरको ठक्करबाट केराबारी जाँदै गरेको एक साइकल यात्रीको मृत्यु


केराबारी । टिपरको ठक्करबाट सुन्दरहरैचा केरावरी जोडीने सडकमा एक साइकल यात्रीको मृत्यु भएको छ । खोर्साने केराबारी सडक खण्ड अन्तर्गत खोर्साने देखि ४ किलोमिटर उत्तर मोड्या नजिकै सोमबार बिहान टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको हो।

प्रदेश १–०२००१ ख ८१०९ को टिपर केराबारीबाट खोर्साने तर्फ जाँदै गर्दा केराबारी तर्फ आउँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । मृत्यु हुने सुन्दरहरैचा १० का ४७ वर्षीय बाबुराम कार्की रहेको प्रहरीले बताएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्