‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिन


काठमाडौँ, १३ फागुन । राजधानीमा हाल आयोजित प्रथम चरणको अडिसनबाट ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिन सफल भएका छन् ।

प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ । जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन् । नर्सिङ पेसाको सम्मान गर्दै, नर्सहरूमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूको कार्यदक्षता वृद्धि र आत्मनिर्भर गराउने उद्देश्यले आयोजित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को यो ७औँ संस्करण हो ।

बे्रस्ट क्यान्सर फाउन्डेसनको स्तन क्यान्सर सम्बन्धी जनचेतनात्मक कार्यक्रममा सुरु देखिनै अब्बल मानिएको यो प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरूको सहभागिता रहनेछ ।

मिस नेपाल पिसको फाइनल प्रतिस्पर्धा आगामी चैत्रको अन्तिम साता आयोजना हुनेछ । विभिन्न अडिसनबाट छानिएका प्रतियोगीहरू शीर्ष उपाधिका लागि यसमा भिड्ने छन् । पहिलो चरणको अडिसनबाट छनौट भएका प्रतियोगीहरू कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रोटिन अवेरनेस, व्यक्तित्व विकास, संचारकला लगायत प्रशिक्षणमा सहभागी गराइने छ ।

प्रतिक्रिया दिनुहोस्