बेलवारीको महोत्सवमा आस्था आउँदै : टिकाहाङ एन्ड द्रव्यको प्रस्तुति पनि आजै


बेलवारी, १९  फागुन । बेलवारीमा आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा गायिका आस्था राउत आउँदै छिन । आयोजकले आज (सोमबार) महोत्सवको तेस्रो दिन राउत आउने जनाएको छ ।

आइतबार हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीको प्रमुख प्रस्तुति रहेको थियो । आज राउतले महोत्सव तताउने छिन ।

राउतसँगै बेलबारीको स्थानीय व्यन्ड टिकाहाङ एन्ड द्रव्यको पनि प्रस्तुति रहेको छ । स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य पनि प्रस्तुत गर्ने आयोजकले जनाएको छ । आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ शनिवार देखी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्