कोरोनाको कारण ईपीएल क्रिकेट स्थगित


काठमाडौँ ,२२ फागुन । चैत १ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।

यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरू आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको सङ्क्रमण फैलिएपछि आयोजक ईपीएल प्रणालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।ईपीएल पालिका प्रमुख अमिर अख्तरले भने, ‘६ र ७ महिनादेखि ईपीएलको तयारी गरेका थियौँ ।

खेलाडी र फ्यानहरूको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्