पहिलो बेलबारी आइडल विवेशको “तृष्णा त केबल” गीत सार्वजनिक हुँदै 


बेलबारी, २३ फागुन / बेलबारीको पहिलो बेलबारी आइडल विवेश मोतेको “तृष्णा त केबल” बोलको गीत आज सार्वजनिक हुने भएको छ । कोसी नेपाल मिडियाको युट्युब च्यानल कोसी नेपाल टिभी र कोसी नेपाल डटकमको अफिसियल फेसबुक पेज मार्फत सो गीत पहिलो पटक सार्वजनिक हुन गइरहेको हो ।

गीतलाई साँझ ७ बजे सार्वजनिक गरिँदै छ । गीतको रचना र सङ्गीत दुवै भीम बस्नेतले गरेको छ । भिडियो सामान्य गरी गीतको शब्दमा केन्द्रित रहेर निर्माण गरिएको विवेशले जनाएका छन् । विवेशका अनुसार भिडियोको एरेन्ज र मिक्सिङ विशाल हुमागाईँले गरेका हुन भने कन्सेप्ट सन्तोष पौडेलको रहेको छ ।

कोसी नेपाल मिडिया मार्फत विवेशको “तिस्र्ना त केबल” गीत पहिलो पटक सार्वजनिक गरिँदै छ । विवेशका अनुसार उनको यो आफ्नो पहिलो गीत हो ।

 

प्रतिक्रिया दिनुहोस्