बेलबारीमा जारी महोत्सवमा आज साँझ प्रमोद आउँदै छन्


बेलबारी, २३ फागुन । बेलबारीमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको छैटौँ दिन गायक प्रमोद खरेल आउँदै छन् । आज शुक्रवारको दिन खरेलको प्रमुख प्रस्तुति रहने आयोजकले जनाएका हुन ।

बिहीबार हास्यकलाकार सन्दीप क्षेत्री र गायक मेचु धिमालको प्रमुख प्रस्तुति रहेको थियो । सन्दीपले बेलबारीमा पहिलो पटक प्रस्तुति दिएका हुन । यस कुरालाई उनलेनै मञ्चबाट बताएका थिए । सन्दीपको प्रस्तुतिबाट नहाँस्ने कोही पनि थिएन भने मेचुको गीतमा सबै रमाएका थिए ।

आज साँझ प्रमोदको प्रस्तुति रहेको छ भने भोलि शिव परियार आउँदै छन् । भोलि शनिवार आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्