बेलवारीमा जारी महोत्सवमा साँझ शिव परियार आउँदै


बेलवारी २४ , फागुन । बेलवारीमा आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा गायक शिव परियार आउँदै छन् । आयोजकले आज ( शनिवार ) महोत्सवको अन्तिम दिन परियार आउने जनाएको छ ।

वर्षाको कारणले केही समस्या भए पनि हिजो ( शुक्रवार ) गायक प्रमोद खरेलले महोत्सव तताएका थिए । आज परियारले पिउँदिन भन्दा भन्दै , क्या दामी भो गीतहरूमा महोत्सव तताउने छन् ।

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ शनिवार देखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्