२० विद्यामा उत्कृष्ट पाँच सार्वजनिक : रमपम पूर्वेली म्युजिक अवार्ड २०२०


सुन्दरहरैंचा, २५ फागुन / रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को जुरी समितिको निर्णयका आधारमा उत्कृष्ट पाँच सार्वजनिक भएको छ । २० विद्यामा १ सय जना कलाकर्मी अवार्डको उत्कृष्ट पाँच पुगेका हुन् ।

पूर्वेली लोक गीत तथा विभिन्न भाषा, संस्कार तथा संस्कृतिको सम्मान गर्ने उद्देश्यका साथ मोफसलमै पहिलो पटक सर्वाधिक बिदा समेटिएको अवार्ड आयोजना हुन लागेको पूर्वेली मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष सुरेशचन्द्र दाहालले बताए ।

अवार्डको फाइनल आगामी चैत्र १४ गते शुक्रवार हुने भएको छ । पूर्वेली मिडिया नेटवर्क प्रा.लिको आयोजनामा सम्पन्न हुने कार्यक्रममा पूर्वेली लोक गीत तथा विभिन्न भाषाका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।

म्युजिक अवार्डमा पूर्वेली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । पूर्व क्षेत्रमा कार्यरत एक जना रङ्ग पत्रकारलाइ समेत सम्मान गरिने आयोजकले बताएको छ । सबै विद्यामा भोटका आधारमा विजेताको घोषणा गरिने साथै अवार्डको भोटिङ खल्ती एपबाट गर्न सकिने आयोजक प्रा. लि. का अध्यक्ष दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्