बेलबारी ‘बि’ फाइनलमा प्रवेश : सुनवर्षी मेयर कप फुटबल प्रतियोगिता (फोटो फिचर)


सुनवर्षी, ३० फागुन / मोरङको सुनवर्षी नगरपालिकामा जारी सुनबर्षी मेयर कप फुटबल प्रतियोगीमा बेलबारी ‘बि’ फुटबल टिम फाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टिम सुनवर्षी फुटबल टिम ‘ए’ लाई २–० गोलको अन्तरले हराउँदै बेलबारी फाइनलमा प्रवेश गरेको हो ।

खेल सुरुवात देखी नै आक्रामक भएको थियो । आयोजक टिमको तर्फबाट राष्ट्रिय खेलाडी मल घर्ती मगरको सहभागिता रहेको थियो । विमलको सहभागितासँगै आयोजकबाट राम्रो खेल हुने आशा गरिएको थियो । तर टिमले राम्रो खेल्ने प्रयास गरेता पनि विमलको भने खेलमा फितलो रहेको थियो ।

बेलबारीको तर्फबाट पहिलो हाफको २६ मिनेटमा विक्रम धिमालले गोल गर्दै १–० को अग्रता दिलाएका थिए भने दोस्रो हाफको २ मिनेटमा कासिम राईले दोस्रो गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्