फाइनलमा बेलबारी र कानेपोखरी भिड्दै : सुनवर्षी मेयर कप फुटबल प्रतियोगिता


सुनवर्षी, चैत ३ / सुनवर्षी नगरपालिकामा जारी सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी ‘बि’ र कानेपोखरी भिड्ने भएको छ ।

शुक्रवार भएको पहिलो सेमिफाइनलमा सुनवर्षी ‘ए’ लाई २–० गोलको अन्तरले हराउँदै बेलबारी ‘बि’ फाइनलमा प्रवेश गरेका थिए भने शनिवार भएको अन्तिम सेमिफाइनलमा कानेपोखरीले सुनवर्षी ‘बि’ लाई २–१ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेसँगै बेलबारी र कानेपोखरी फाइनलमा भिड्ने निश्चित भएको हो ।

शनिवार भएको अन्तिम सेमिफाइनल खेलमा कानेपोखरीका जर्सी नं. ७ का खेलाडी सन्तोष न्यौपानेले खेलको १३ औँ मिनेटमा गोल गरेका थिए भने जर्सी नं. १० का सरोज कार्कीले २७ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई २ गोलको अग्रता दिलाउँदै जित निश्चित बनाएका थिए । सुनवर्षी ‘बि’ ले भने जर्सी नं. ७ का खेलाडी मनिष थापाले खेलको ३३ औँ मिनेटमा गोल गरेका थिए । तर जितको लागि पर्याप्त थिए ।

विजेता टिमलाई रु.१ लाख २१ हजार र उपविजेतालाई रु.६५ हजार नगद पुरस्कार सहित ट्रफी प्रदान गर्ने सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताका अध्यक्ष यादव बस्नेतले जनाएका छन् ।

सुनबर्षी नगरपालिकाको आर्थिक सहयोगमा फागुन १६ गतेबाट सुरु भएको खेल चैत ४ गते मङ्गलवार सम्पन्न हुने आयोजकले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिताको समापनमा पुर्व सूचना तथा सञ्चार मन्त्री नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्