आज फाइनलमा बेलबारी र कानेपोखरी भिड्दै : सुनवर्षी मेयर कपको उपाधि कसले जित्ला


सुनवर्षी, ४ चैत / सुनवर्षी नगरपालिकामा जारी सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताको आज (मङ्गलबार) बेलबारी ‘बि’ र कानेपोखरी बिच फाइनल खेल हुदैछ ।

सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताको उपाधी कस्ले प्राप्त गर्ने हो, त्यो भने आजको फाइनल खेलले निर्धारण गर्ने छ । शुक्रवार भएको पहिलो सेमिफाइनलमा सुनवर्षी ‘ए’ लाई २–० गोलको अन्तरले हराउँदै बेलबारी ‘बि’ फाइनलमा प्रवेश गरेका थिए भने शनिवार भएको अन्तिम सेमिफाइनलमा कानेपोखरीले सुनवर्षी ‘बि’ लाई २–१ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरे हो ।

विजेता टिमले रु.१ लाख २१ हजार र उपविजेतालाई रु.६५ हजार नगद पुरस्कार सहित ट्रफी प्राप्त गर्ने छन । सुनबर्षी नगरपालिकाको आर्थिक सहयोगमा फागुन १६ गतेबाट सुरु भएको खेल आज सम्पन्न हुदैछ । सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताको समापन कार्यक्रम पुर्व सूचना तथा सञ्चार मन्त्री नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्