सुनबर्षी मेयर कप फुटबल प्रतियोगीको उपाधि बेलवारीले जिते (फोटो फिचर)


सुनबर्षी , ४ चैत । सुनबर्षी मेयर कप फुटबल प्रतियोगीको उपाधि बेलवारीले हात परेको छ । मङ्गलवार भएको फाइनल खेलमा कानेपोखरीलाई बेलवारीले २–० गोलको अन्तरले पराजित गर्दै सुनबर्षी मेयर कप फुटबल प्रतियोगीको उपाधि हात पारेको हो ।

खेलको २९ औँ मिनेटमा काशिम राईले गोल गरेका थिए भने ३४ औँ मिनेटमा मौसम लिम्बुले गोल गरेर आफ्नो टिमलाई प्रतियोगिताको विजेता बनाएका हुन ।कानेपोखरीले खेल राम्रो खेलेता पनि गोल गर्न नसके पछि उपविजेतामा चित्त बुझाउनु परेको छ ।

विजेता टिमले रु.१ लाख २१ हजार र उपविजेताले रु.६५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेका छन् । बेलवारी ‘बी’ ले सुनवर्षी ‘ए’ लाई पहिलो सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने कानेपोखरीले अन्तिम सेमिफाइनलमा सुनवर्षी ‘बि’ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

खेलको मेन अफ द मेच बेलवारीका खेलाडी काशिम राई घोषित भए भने उत्कृष्ट गोल किपर छिरिङ तामाङ भएका छन् । राईले रु.२ हजार र तामाङले रु.५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

सर्वाधिक गोलाकर्ता सुनवर्षी ‘ए’ का विकास बस्नेत र सुन्दरहरैचाका डगेन राई घोषित भएका छन् । दुवै जनाले ३/३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्व उत्कृष्ट खेलाडीमा बेलवारीका देभेन धिमाल घोषित भएका छन् ।

धिमालले रु.८ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । अनुशासित टिममा सुन्दरहरैचा नगरपालिका घोषित भएको छ । अनुशासित टिमलाई रु.१० हजार नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

सुनबर्षी नगरपालिका स्थित वीरेन्द्र समुदाय विद्यालयको खेल मैदानमा फागुन १६ गते देखी सुरु भएको प्रतियोगिताको समापन पूर्व सूचना तथा सञ्चार मन्त्री तथा मोरङ क्षेत्र न. २ सांसद डा. मिनेन्द्र प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम सुनबर्षी नगरपालिकाका प्रमुख काली प्रसाद दासको अध्यक्षतामा सम्पन्न भएको हो ।

https://youtu.be/7GItoPzxnkA

प्रतिक्रिया दिनुहोस्