सुनवर्षी मेयर कप विजेता बेलबारी फुटबल टिमलाई नगरद्वारा नगद सहित सम्मान


बेलबारी, ६ चैत / मोरङको सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताका विजेता खेलाडीहरूलाई बेलबारी नगरपालिकाले सम्मान गरेको छ ।

बिहीबार कार्यपालिकाको बैठकमा खेलाडीहरूलाई नगद ५ हजार तथा अबिर र खादा लगाएर नगरपालिकाले सम्मान गरेको हो । खेलालाई हौसला प्रदान गर्न सम्मान गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताउनु भयो ।

मङ्गलवार भएको फाइनल खेलमा कानेपोखरी गाउँपालिकालाई दुई शून्य गोलले पराजित गर्दै बेलबारी विजयी भएको थियो । विजेताले विजेताले १ लाख २१ हजार र उपविजेताले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्