सुन्दरहरैँचाको राहत कोषमा सुकुनाको रु.१ लाख भन्दा बढी सहयोग


सुन्दरहरैचा, २५ चैत / सुकुना बहूमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूद्वारा सुन्दरहरैँचा विपत व्यवस्थापन राहत कोषमा १ लाख २ हजार १ सय ७४ रुपैयाँ सहयोग भएको छ ।

मङ्गलबार सुकुना बहूमुखी क्याम्पस, सुन्दरहरैचा मोरङका प्रमुख चन्द्रमणी राईले सुन्दरहरैँचा विपत व्यवस्थापन राहत कोषका सदस्य तथा राहत संकलनका संघसंस्था समन्वय समितिका संयोजक केदार प्रसाद गुरागाईलाई सो रकम हस्तान्तरण गरेका हुन ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट सृजित महामारीको कारण उत्पन्न परिस्थितिको सामना गर्न सुन्दरहरैँचा नगरपालिकाले आफ्नो भूमिकालाई सशक्त बनाइरहेको बेला सुकुना बहूमुखी क्याम्पसले पनि हातेमालो गर्दै परिस्थितिको सामना गरौँ भन्ने आह्वानको साथ सो रकम प्रदान गरेको क्याम्पस प्रमुख राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्