अन्तर्राष्ट्रिय उडान र अवतरण थप १५ दिन स्थगित


काठमाडौँ, २५ चैत । थप १५ दिन सम्म अन्तर्राष्ट्रिय उडान र अवतरण स्थगित गर्ने सरकारले निर्णय गरेको छ । सिंहदरबारमा मङ्गलवार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अप्रिल ३० तारिकसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो ।

सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। आन्तरिक उडान वैशाख ३ गते सम्म बन्द गरिएको छ।

बैठकले आन्तरिक उडानका बारेमा भने छलफल जारी नै रहेको बताए। अन्य देशमा कोरोनाको सङ्क्रमण कायमै रहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै उडान थप बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिमारीले जानकारी दिए ।

यस्तै बैठकले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा र्यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए। कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए।

बैठकले सङ्क्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्ला लगायतका जिल्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ।

समितिको बैठकले सबै खालका आपूर्तिहरू र विशेष गरी खाद्य वस्तुको आपूर्तिलाई स्वाभाविक राख्ने, आवागमनमा कडाइका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताए।

उनले मेडिकल सामानहरू नेपाल सरकारले विशेष परीस्थितमा अपनाउने विधिका आधारमा खरिद गर्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक सामानको पहिचान गरी नेपाली सेनामार्फत जी टु जी मार्फत खरिद गर्ने निर्णय भएबमोजिम काम अघि बढिरहेको बताए।

बैठकले लकडाउनका अवधिमा एक लाख १४ हजार तीन सय १६ विपन्न परिवारलाई राहत वितरण भएको र ३०५ सय ६ जना क्वारेन्टाईमा रहेको जानकारी दिएको छ ।काठमाडौँ, २५ चैत । सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरण थप १५ दिन स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मङ्गलवार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अप्रिल ३० तारिकसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो ।

सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। आन्तरिक उडान वैशाख ३ गते सम्म बन्द गरिएको छ।

बैठकले आन्तरिक उडानका बारेमा भने छलफल जारी नै रहेको बताए। अन्य देशमा कोरोनाको सङ्क्रमण कायमै रहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै उडान थप बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिमारीले जानकारी दिए ।

यस्तै बैठकले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा र्यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए। कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए।

बैठकले सङ्क्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्ला लगायतका जिल्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ।

समितिको बैठकले सबै खालका आपूर्तिहरू र विशेष गरी खाद्य वस्तुको आपूर्तिलाई स्वाभाविक राख्ने, आवागमनमा कडाइका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताए।

उनले मेडिकल सामानहरू नेपाल सरकारले विशेष परीस्थितमा अपनाउने विधिका आधारमा खरिद गर्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक सामानको पहिचान गरी नेपाली सेनामार्फत जी टु जी मार्फत खरिद गर्ने निर्णय भएबमोजिम काम अघि बढिरहेको बताए।

बैठकले लकडाउनका अवधिमा एक लाख १४ हजार तीन सय १६ विपन्न परिवारलाई राहत वितरण भएको र ३०५ सय ६ जना क्वारेन्टाईमा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्