कक्षा ११ र १२ को परीक्षा अनिश्चितकाको लागि स्थगित


काठमाडौँ, २५ चैत । कक्षा ११ र १२ को परीक्षा अनिश्चितकाको लागि स्थगित भएको छ । आज (मङ्गलवार) राष्ट्रिय परीक्षा बोर्डको बसेको बैठकले कक्षा ११ र १२ को वार्षिक परीक्षा अनिश्चितकाका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गते र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने सूचना ७ माघमै सार्वजनिक गरेको थियो ।

संकटपूर्ण अवस्थाले परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन् । ‘अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ’ उनले भने ‘अवस्था सामान्य भइसकेपछि परीक्षा सञ्चालनको लागि नयाँ सूचना सार्वजनिक हुनेछ ।’

कोरोना सङ्क्रमण फैलिने डरको कारण सरकारले यस अघि माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गरेको थियो । एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्