बेलबारीमा ३१ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर सहित दुई जना पक्राउ


बेलबारी, २६ चैत / इलाका प्रहरी कार्यालय बेलबारीले ३१ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर सहित दुई जना पक्राउ गरेको छ । सिरहाको मिर्चैया नगरपालिका वाड नं. ५ का वर्ष २४ का विजय कुमार मण्डल र वाड नं. ३ का वर्ष २७ का सन्तोष सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबार बेलबारी वाड नं. ३ स्थित पूर्वपश्चिम राजमार्ग बेलबारी बजारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ आइरहेको संकास्पद दुईजना सवार प्रदेश नं.२–०१००१ प २६७२ नम्बरको मोटरसाइकल रोकी चेकजाच गर्दा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जनाएका छन् ।

मोटरसाइकल पछाडि सवार विजय कुमार मण्डलले आफ्नो दाइने खुट्टाको मोजाभित्र लुकाई राखेको अवस्थामा ब्राउनसुगर बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएका छन् भने लागुऔषधको साथमा लकडाउनमा सवारी अनुमति दिएको विभिन्न ३ निकायको सिफारिस १/१ पाना, २ थान मोबाइल र रु.२ हजार ५ सय बरामद भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्