बेलबारीबाट धरान आइसोलेसन लगिएको युवती कोरोना सङ्क्रमित नभएको पुष्टि


बेलबारी, २६ चैत / कोरोना भाइरसको सङ्क्रमणको आशंकमा मोरङको बेलबारी नगरपालिकाबाट वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीको आइसोलेसनमा लगिएको महिलाको परीक्षण रिर्पोट नेगेटिभ देखिएको छ ।

धरान आइसोलेसनमा चैत २४ गते लगिएको बेलबारी वाड नं. १ निवासी २० वर्षीय युवतीको रिर्पोट परीक्षणबाट नेगेटिभ आएको हो । धरान आइसोलेसनबाट नै फोन मार्फत रिर्पोटबारे जानकारी गराउँदै उनी आफैले नेगेटिभ आएको बताएकी छन् । डाक्टरले भरखरै मात्र जानकारी गराएको उनले बताइन।

युवतीका अनुसार उनी बराइनबाट दुवाइ हुँदै नेपाल फर्किएको १७ दिन पछि ज्वरो आउने, पखाल लाग्ने, पिसाब पोल्ने, छाती दुखे जस्तो भए थियो । त्यस पछि बेलबारी स्वास्थ्य शाखालाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराइन । उनको स्वास्थ्य अवस्थाको कारण कोरोना सङ्क्रमणको आशंक गरेर धरान आइसोलेसन लगिएको बेलबारी स्वास्थ्य शाखाले जनाए ।

अहिले सम्म बेलबारी नगरपालिका भित्र विदेशबाट घर फर्कनेहरू १ सय ४ जना छन् । कोरोना भाइरस आशंकमा स्थानीय १ महिला सहित ४ पुरुषको परीक्षण भइसकेको छ भने सबैको रिर्पोट नेगेटिभ आएको भेटिएको नगर स्वास्थ्य शाखाले बताएको छ ।

कोरोना सङ्क्रमणको आशंकमा परीक्षण गरिएकोमा बेलबारी १ बाट धरान आइसोलेसन लगिएको एक युवतीको साथै ४ जना सबै विदेशबाट घर फर्किएका हुन । चार पुरुष मध्य दुई जना मिक्लाजुङ गाउँपालिका स्थित टाडी क्वारेन्टाइनमा छन् । बेलबारी स्वास्थ्य शाखाको अनुसार चैत १० गते अस्थायी बसोबास गर्ने वाड नं. १० का १९ वर्षीय एक युवालाई र चैत २५ गते वाड नंं.६ बाट ४० वर्षीय एक जनालाई टाडी क्वारेन्टाइन लगिएको हो । दुवै भारतबाट नेपाल आएका थिए ।

बाकी दुई जना भने अहिले सेल्फ क्वारेन्टाइनमा घरमा नै बसेका छन् । दुवाईबाट घर फर्किएका वाड नं. १ निवासी २९ वर्षीय एक युवा हुन भने वाड नं. १० का भारतबाट घर फर्किएका २० वर्षीय एक जना छन् ।

प्रतिक्रिया दिनुहोस्