विश्वभर कोरोनाबाट ८८ हजार ४ सयको मृत्यु : १५ लाख १४ हजार सङ्क्रमित


काठमाडौँ,२७ चैत । विश्वभर हालसम्म प्राणघातक कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणबाट ८८ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामै ६ हजार भन्दा बढीको ज्यान गएको छ । आज बिहीबार बिहान सम्म विश्वभर कोरोना सङ्क्रमित १५ लाख १४ हजार ८ सय ६६ जना पुगेको छ । coronavirus.jhu.edu को तथ्याङ्कका अनुसार ३ लाख २९ हजार ४ सय ९२ जना निको भएका छ ।

बुधवार एकै दिन ८२ हजार ७०३ नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा बुधवार कोरोना सङ्क्रमणबाट एक हजार ९१६ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको सङ्ख्या ४ लाख ३० हजार नाघेको छ । मृतकको सङ्ख्या १४ हजार ७५१ पुगेको छ । बुधवार एकै दिन त्यहाँ ३० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

अमेरिकापछि बुधवार युकेमा धेरैको मृत्यु भएको छ । त्यहाँ बुधवार ९३८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । त्यहाँ मृतकको सङ्ख्या ७ हजार नाघेको वल्र्ड्मिटरले जनाएको छ ।

यस्तै बुधवार स्पेनमा ७४७ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको सङ्ख्या १४ हजार ७ सय ९२ पुगेको छ । इटालीमा हिजो ५४२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको सङ्ख्या १७ हजार ६६९ पुगेको छ ।

फ्रान्समा बुधवार ५४१ जनाको मृत्यु भएको छ । त्यहाँ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८६९ पुगेको छ । जर्मनीमा बुधवार ३३३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको सङ्ख्या साढे २३ सय पुगेको छ भने सङ्क्रमित १ लाख १३ हजार नाघेको छ ।

यस्तै बुधवार बेल्जियममा २०५, इरानमा १२१, ब्राजिलमा १३४, नेदरल्यान्डमा १४७, स्विडेनमा ९६, टर्कीमा ८७, स्वीटजरल्याण्डमा ७४, क्यानडामा ४६, पोर्चुगलमा ३५, अस्ट्रियामा ३०, आइरल्याण्डमा २५, पोल्याण्डमा ३०, रोमानियामा २३, इक्वेडरमा २२, इन्डोनेसियामा १९, मेक्सिकोमा १६ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना सङ्क्रमणबाट बुधवार १८ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको सङ्ख्या १७८ र संक्रमितको सङ्ख्या ५९ सय १६ पुगेको छ ।

अर्को छिमेकी देश चीनमा भने बुधवार कोरोना सङ्क्रमणबाट एक जनाको पनि मृत्यु भएन । नयाँ सङ्क्रमित नथपिएपछि कोरोनाको उद्गम थलो चीनको वुहानको जनजीवन सामान्य बन्दै गएको छ । यहाँ ७५ दिनपछि लकडाउन हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्