भुइदल राईको निधन


धरान, २७ चैत / पञ्चायत कालका भोजपुर जिल्लाकै पहिलो पञ्चायत सभापति, वरिष्ठ लेखक तथा साहित्यकार, सामाजिक अभियन्ता भुइदल राईको निधन भएको छ । बुधवार राईको ९४ वर्षको उमेरमा सुनसरीको इटहरी स्थित निवासमा निधन भएको हो ।

स्वर्गीय राई २०२० साल देखी २०७२ साल सम्म निरन्तर लेखनमा सक्रिय थिए । उनीले ९७ वटा पुस्तकहरू लेखिसकेका छन् । पञ्चायत कालको राजनीतिमा स्वर्गीय राई भोजपुर जिल्लाकै पहिलो पञ्चायत सभापति र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए ।

स्वास्थ्य अवस्था कमजोर हुँदै गए पछि लेखनमा कम गरेका स्वर्गीय राईको भुइदलको इतिबृत्ति नामक पुस्तक प्रकाशन गर्न बाकी रहेको उनको परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्