बेलबारी जेसिजको सप्ताह कार्यक्रमको उद्घाटन


मोरङ (बेलबारी) । बेलबारी जेसिजले आइतबार बुबाको मुख हेर्ने दिन तथा तिजको अवसर पारेर ७० जना बुबाहरूलाई संयुक्त रूपमा मुख हेर्ने तथा सम्मान कार्यक्रम गरेको छ ।

सप्ताह व्यापी कार्यक्रम घोषणा गरेको जेसिजले मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा बेलबारी १ का एकल वृद्धा ९५ वर्षीया विष्णुमाया कोइराला र ८१ वर्षीय हस्तबहादुर खुलाललाई सम्मान गरेर जेसिज सप्ताह २०७५ को उद्घाटन गरेको हो । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र नेपाल जेसिजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष अशोक शंकरले वृद्ध बुबाआमाहरुलाई विभिन्न परिकारहरू खुवाएर वृद्धबुबाहरु प्रति सम्मान व्यक्त गरेका हुन् । कार्यक्रम गायिका यमुना पराजुली र गायक सञ्जीव धिमालले तीज गीत प्रस्तुत गरेका थिए ।

 

बेलबारी जेसिजले सप्ताह व्यापी कार्यक्रममा बुबाको मुख हेर्ने , ज्येष्ठ नागरिकहरूसँग तिज कार्यक्रम, जेब्रा क्रसिङ निर्माण,नेतृत्व विकास तालिम,शैक्षिक सामाग्री वितरण,मैत्रीपूर्ण फुटबल,उत्प्रेरणा तालिम लगायतका कार्यक्रमहरू रहेका छन् । उद्घाटन कार्यक्रम बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्