गोर्खा पिस फाउन्डेसनको प्रेम तामाङलाई घरजग्गा उपहार


बेलबारी, भाद्र २४ / गोर्खा पिस फाउन्डेसन, युकेले बेलबारीका प्रेम बहादुर तामाङको परिवारलाई नयाँ घर र जग्गा हस्तान्तरण गरेको छ । आईताबार घर हस्तान्तरण कार्यक्रमको आयोजना गरी गोर्खा पिस फाउन्डेसनले बेलबारी नगरपालिका वाड नं. ५ निवासी तामाङ परिवारलाई घरको चाबी र जग्गाको धनी पुर्जा हस्तान्तरण गरेको हो ।

बेलबारी वाड नं. ५ मा अवस्थित मिलीजुली टोलमा १० दूर जग्गा र ३ कोठे टिनको छानो भएको सुन्दर पक्की घर पाउँदा ६५ वर्षीय प्रेम बहादुर तामाङको अनुहारमा प्रस्ट खुसी देखिन्थ्यो । उनी आफ्नो गाँउलेहरुलाई पनि आफ्नो खुसी व्यक्त गर्दौ थिए । दुई सन्तानकी आमा प्रेम बहादुरका श्रीमती फुलमाया तामाङ पनि घरजग्गा पाउँदा खुसीले दङग थिए ।

“प्रेम बहादुर भन्छन्, बिहान बेलुका छाक टर्न पनि समस्या भएको बेला पक्की घर बनाउनु त सपना मात्र थियो । तर आज घरजग्गा पाउँदा धेरै खुसी छु । फाउन्डेसनलाई धेरै धन्यवाद दिन चाहन्छु ।” तामाङ परिवार विगतमा औलेनी जग्गामा बासको टहरा बनाएर लोहोन्द्र खोला छेउमा बसोबास गर्थे । त्यो पनि २०७४ साल श्रावण २७ गते अविरल वर्षको कारण आएको बाढीले तामाङको घर भत्काएको थियो । लोहोन्द्र खोलाले पुराएको भौतिक क्षतिको पिडा बल्ला तामाङ परिवारले अब भुल्ने भएको छ ।

गोर्खा पिस फाउन्डेसन, युकेले बाढीबाट प्रभावित परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले बाढी पीडित तामाङको परिवारलाई घरजग्गा प्रदान गरेको फाउन्डेसनका ट्रस्ट कोऑर्डिनेटर प्रेम बहादुर लिम्बुले बताए । गोर्खा पिस फाउन्डेसन, युकेका नेपालका पूर्णप्रसाद लिम्बु, तारा कुलुङ, भुवनसिंह कुलुङ, दमक वेलफेयर सी.यस.टीका मेनेजर पुनेदर प्रसाद लिम्बु, झापा दमकका पेसल कुमार राई लगायतको सहयोगले मात्र जग्गा खरिद तथा घर निर्माण काम गर्न सफल भएको फाउन्डेसनका ट्रस्ट कोअाँर्डिनेटर लिम्बुले जनाए ।

युकेमा रहेका नेपालीहरूले सञ्चालन गरेको गोर्खा पिस फाउन्डेसन, युकेले नेपालमा प्राकृतिक प्रकोपबाट प्रभावित, फरक क्षमता भएको र असक्क्त नागरिकहरूलाई आर्थिक र भौतिक सामाग्री सहयोग गर्नुको साथै शिक्षाबाट वञ्चित भएका गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई छात्राबृती प्रदान गर्दौ आएको छ ।

तामाङ परिवारलाई घर हस्तान्तरण कार्यक्रममा घरको चाबी र धनी पुर्जा गोर्खा पिस फाउन्डेसन, युकेका ट्रस्ट कोऑर्डिनेटर प्रेम बहादुर लिम्बु र बेलबारी नगरपालिका वाड नं. ५ का अध्यक्ष विश्व बन्धु बस्नेतले हस्तान्तरण गरेका  थिए ।

https://youtu.be/HYb2TJrxXCk

प्रतिक्रिया दिनुहोस्