हात्ती गाउँ पस्दा ५ घरमा क्षति


केराबारी । केराबारी ६ को डाँगी तथा यांगशिलाको दक्षिणी क्षेत्रमा गए राति गाउँ पसेको ४ ओटा हात्तीको बथानले बितण्डा मच्चाएको छ ।


हात्ती गाउँ पस्ने र बाली नालीमा क्षति पुर्याएपनि आजसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् । तीन महिना यता लगातार हात्ती गाउँमा आउन्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन् ।

आइतबार मध्यरात केराबारी ६ स्थित डाँगी तथा चम्पाखोलीमा जङ्गली हात्ती गाउँ पस्दा ५ जनाको घरमा क्षति पुर्‍याएको छ । राती १ बजे तिर आएको ४ ओटा हात्तीले गीता मगरको घरमा पूर्ण क्षति पुर्याएको छ । साथै हात्तीले घरभित्र राखेको ७ मुरी धान आएर गएको स्थानीयले बताए । एक वर्ष अघि बाढीबाट पीडित बनेका मगरको घर पनि भत्काईदिएपछि उनको परिवार विचल्नीमा परेका छन् । उनको एक वर्ष अघि पनि बाढीले घर बगाएको थियो ।

त्यही घर पनि भत्काईदिएपछि उनको परिवारको विल्लीवाठ भएको छ ।उनलाई तत्काल उद्धारका लागि जस्ता पाता खरिद गरिने तयारी भइरहेको वडाध्यक्ष उपेन्द्र लुङ्गेलीले बताए । हात्तीले सनम लिम्बु, कृष्ण बहादुर लिम्बु, चन्द्र बहादुर लिम्बु,मनमाया राईको घरमा पनि क्षति पुर्‍याएको लुङ्गेली मगरले बताउनुभयो ।
हात्तीबाट पीडित बनेकाहरूलाई राहत स्वरूप तत्कालका लागि जस्ता वितरण गरिएको लुङ्गेलीले बताए । हात्ती गाउँमा पसेर घरहरू भत्काउने बाली नालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयहरू त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्