भीम ज्वालाको गजल “तिम्रो छाँया परेदेखि”


भिम ज्वाला राई – 

तिम्रो छाँया परेदेखि यो देश अर्कै भयो
हुनुभयो नहुनु भयो यो देश अर्कै भयो ।

विश्वासघातले भरिएको तिम्रो वर्तमान
छल गर्याै कपट गर्याै यो देश अर्कै भयो ।

अस्त्र शस्त्र तिमीसित तिम्रै चल्छ शासन
भय बढ्यो त्रास बढ्यो यो देश अर्कै भयो ।

तिम्रो हातमा देश पर्‍यो सर्वनाश भयो
मूल्य बढ्यो गरिब मर्‍यो यो देश अर्कै भयो ।

दिन फेरियो रात फेरियो फेरिएन मति
अति गर्याै चार गर्याै यो देश अर्कै भयो ।

देशप्रेमी कोही छन् कि छैनन् यो देशमा
भ्रष्ट बढे लुटाहा बढे यो देश अर्कै भयो ।

प्रतिक्रिया दिनुहोस्