भारतीय अभिनेता इरफान खानको निधन


काठमाडौँ, १७ वैशाख । चर्चित भारतीय अभिनेता इरफान खानको निधन भएको छ । बलिउड अभिनेता खानको ५४ वर्षको उमेरमा मङ्गलवार अस्पतालमा निधन भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनको निधन भएको छ । हिन्दुस्तान टाइम्सले खानका प्रवक्ताका अनुसार खानलाई ‘कोलन इन्फेक्सन’ भएको जनाएको छ ।

न्यूरोइन्डोक्राइन ट्युमरले यस अघि पनि खानको स्वास्थ्य अवस्था गम्भीर भएको थियो । लन्डनमा लामो समय उपचार गराए पछि स्वास्थ्य अवस्थामा उनको सुधार आएको थियो । उनी उपचारबाट फर्केर कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

तर मङ्गलवार स्वास्थ्य अवस्था अचानक बिग्रिए पछि आइसियुमा भर्ना गरिएको खानको हिजो नै निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्