ऋषि कपुरको निधन


काठमाडौँ, १८ वैशाख । बलिउडले फेरी अर्को ठुलो क्षति व्यहोरेको छ । एक उत्कृष्ट अभिनेता इरफान खानलाई मङ्गलवार गुमाएको दुई दिन नबित्दै ऋषि कपुरको निधन भएको छ ।

चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान ८ : ४५ बजे निधन भएको छ । निधन भएको हो । कपुर क्यान्सरबाट लडी रहेका थिए । स्वास्थ्य अवस्था बिग्रिए पछि बुधवार अस्पताल भर्ना गरिएको थियो । उनलाई ६ दिन देखी श्वासप्रश्वासमा समस्या भइरहेको थियो ।

करिब एक वर्षसम्म अमेरिकामा क्यान्सरको उपचार गराएपछि भारत फर्केका उनको स्वास्थ्यमा समस्या आए पछि दुई पटक सम्म अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार भाइ रणधीर कपुरले सो कुरा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्