बेलबारीको नगर समन्वय समिति गठन


बेलबारी, भाद्र २६ / बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा ९ सदस्य नगर समन्वय समिति गठन गरिएको छ ।

सदस्यहरूमा उपप्रमुख ढाका पराजुली प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल इन्जिनियर वालकृष्ण निरौला वडा नम्बर दुई, पाँच र नौ नम्बरका वडा अध्यक्षहरू सदस्य रहेका छन् । त्यस्तै उद्योग वाणिज्य सङ्घका अध्यक्ष योगेन्द्र सुबेदी रहेका छन् ।

बेलबारी नगरपालिकाको एकीकृत सहरी विकास योजना प्रथम सरोकारवाहरुको भेलामा उक्त समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्