श्रमिक महिला समूहको कार्यक्रममा भड्किलो र खर्चिलो तिजको विरोध


केशु विरही,

बेलबारी, मोरङ/ श्रमिक महिला समूह बेलबारीले आज तिज विशेष तथा सांस्कृतिक कार्यक्रमको अायाेजना गरी भड्किलो र खर्चिलो तिजको विरोध गरेका छन् ।

बेलबारी नगरपालिका वार्ड नं १ को हाटबजारमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुलीले उद्घाटन गरेकी थिइन ।

उक्त अवसरमा बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी वार्ड नं १ वडाध्यक्ष चक्रबहादुर खुलाल, बेलबारी जेसिसका अध्यक्ष राजन प्रसाईं, उद्योग वाणिज्य सङ्घ बेलबारीका सचिव माधवराज थापा, मोरङ नेत्रहीन सङ्घकी अध्यक्ष शावित्रा काेईराला, अमना सिसाैली सामुदायिक वनका अध्यक्ष लीला आचार्य लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।

कार्यक्रमलाई संवाेधन गर्दै बेलबारी नगरपालिकाका उपमेयर ढाकुमारी पराजुलीले चाडबाडले सबै समुदायलाई एक आपसमा जोड्न सहयोग गर्ने हुनाले यस्काे महत्त्वलाई बचाएर राख्नु पर्ने बताइन। साथै तिजलाई आफ्ना गच्छ अनुसार मनाउन र यसलाई भड्किलो खर्चिलो हुनबाट वचाउँनु पर्ने उनको जोड रहेका थियो ।

कार्यक्रममा अन्जु गाैतम, यमुना पराजुली, अमिसा रिसाल लगायतका गायिकाहरूले आ-आफ्ना प्रस्तुति दिएका थिए ।

साथै श्रमिक महिला समूहका सदस्यहका साथै विभिन्न डान्स सेन्टहरुकाे पनि प्रस्तुति रहेको थियो ।

स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा बेलबारी नगरपालिका वाड नं १ का चक्रबहादुर खुलाल, विन्दुकला गुरुङ लगायतले स्वागत मन्तव्य राखेका थिए ।

साथै आजै श्रमिक महिला समूहका सदस्यहरूलाई सदस्ता प्रमाण पत्र पनि वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली तथा संस्थाकी अध्यक्ष नितु थापाले सदस्यता प्रमाणपत्र वितरण गरेका थिए ।

साथै आजै रेडियो वेतनाकाे अायाेजनामा बेतना सिमसारमा र कल्पेश्वर मन्दिरमा पनि तिज विशेष कार्यक्रमहरू सम्पन्न भएका छन् ।

बेतनाकाे कार्यक्रममा उपमेयर ढाकाकुमारी पराजुली र कल्पेश्वर शिव मन्दिरकाेग कार्यक्रममा नाेवेल मेडिकल कलेज विराटनगरका सञ्चालक इन्दिरा शर्मा प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्