होटेलमा दक्ष जनशक्तिको लागि नगरपालिकाद्वारा तालिम


बेलबारी / प्रविधिको विकास सँगै दिन प्रतिदिन होटेलहरु खुल्ने क्रम बढी रहेको छ ।

एसी, वाइफाई सहितका होटलहरु खुलिरहेका छन् । तर होटलहरुमा दक्ष जनशक्तिको भने अभाव नै छन् । विभिन्न विद्यालयहरूले होटेल म्यानेजम्यानट सम्बन्धी पढाइहरू भने भइरहेका छन् ।

पछिल्ला सयम केही नगरपालिकाले चासो देखाउन थालेका छन् । दक्षजनशत्ति सँगै युवा युवतीहरूलाई रोजगारीको अवसर दिनका लागी बेलबारी नगरपालिकाले होएटर होएस्टेज समबन्धि तालिम दिन थालेको छ । आरटि आरके इन्स्टिच्युट अफ होल म्यानेजम्यानट एन्ड टुरिजम इटहरीले नगरपालिकाको सहयोगमा ३० जना भन्दा बढी विद्यार्थीलाई तालिम दिइरहेको छ ।

पर्यटकीय क्षेत्रको विकास भएका स्थापनमा दिन प्रतिदिन होटेलको सेवा बिस्तार भइरहे पनि ग्राहकलाई आकर्षित पार्न भने दक्ष जनशक्तिको अभाव देखिएपछि तालिमको आयोजना गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

बेलबारी सँगै इनरुवा नगरपालिका बुढी गगा गाउँपालिकाले समेत चासो देखाएका छन् । १ महिना सम्म तालिम दिने तथा प्रायोगात्मक परीक्षाको लागी होटहरुमै पठाइने आरटि आरके इन्स्टिच्युट अफ होल म्यानेजम्यानट एन्ड टुरिजम इटहरीका म्यानेजिङ डाइरेक्टर प्रेम तुम्वाफोले बताए । प्रदेश एक मात्रै चार दर्जभन्दा ठुला होटलहररु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्