बेलबारीको भाउन्नेमा ज्याला मजदुरी गर्ने ५४ परिवारलाई राहत वितरण


वैशाख ३०, बेलबारी । बेलबारी वडा नं. १० भाउन्ने बजार व्यवस्थापन समितिका अध्यक्ष विक्रम तामाङको अगुवाइमा ज्याला मजदुरी गर्ने ५४ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । स्थानीय युवाहरूको सहयोगमा आज (मङ्गलवार) ५४ परिवारलाई राहत वितरण गरिएको हो ।

वैदेशिक रोजगारमा मलेसियामा कार्यरत नेपालीहरूको एक समूह जोरबारु पहाड (GS) समाजसेवा क्लबले गरेको रु.६० हजार आर्थिक सहयोगले खाद्य सामाग्री खरिद गरी राहत वितरण गरेको अध्यक्ष तामाङले जनाएका छन् । क्लबमा आबद्ध प्रमोद मोक्तान, राम परियार, विमल पोखरेल, महेन्द्र केरुङ र मिथुन बिराजीले सो रकम सहयोग गरेका हुन ।

लकडाउनमा उत्पन्न भएको खाद्य अभावले ज्याला मजदुरी गर्ने कोही पनि परिवार भोको पेट नरहुन् भन्ने उद्देश्यले राहत वितरण गरेको अध्यक्ष तामाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्