बेलबारी जेसिज सप्ताहको दोस्रो कार्यक्रम जेब्राक्रस निर्माण सुरु


बेलबारी, भाद्र ३० । बेलबारी जेसिजले भाद्र २४ गते उद्घाटन गरेको सप्ताहव्यापी कार्यक्रमको दोस्रो कार्यक्रम बेलबारी क्षेत्रका चोकहरूमा जेब्राक्रस निर्माण कार्य शनिवार देखी सुरु गरेको छ । बेलबारी जेसिजले २४ गते बुबाको मुख हेर्ने दिन तथा तिजको अवसर पारेर ७० जना बुबाहरूलाई संयुक्त रूपमा मुख हेर्ने तथा सम्मान कार्यक्रम गरेका थिए ।

शनिवारको कार्यक्रममा प्रमुख अतिथि तथा एक नम्बर प्रदेशका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईँले बेलबारी वाड नं. १०, भाउन्ने चौक अवस्थित पूर्व पश्चिम राजमार्गमा रङ्गले जेब्राक्रसको पहिलो रेखा कोरेर उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि तथा जेसिजका राष्ट्रिय उपाध्यक्ष श्याम सुन्दर पौडेल, बेलबारी ४ का वडाध्यक्ष रामकुमार राई, युवा समाजसेवी रविन थापा, पत्रकार भक्तसेर लिम्बु लगायतले जेसिज सप्ताह कार्यक्रमको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जेसिजका सदस्यहरूको साथमा शिक्षक, विद्यार्थी, स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बेलबारी नगरपालिका भित्रका ५ स्थान भाउन्ने चौक, लक्षीमार्ग चौक, नयाँ तथा पुरानो बेलबारी, लालभित्ति चौक र थापाचौकमा २० वाट जेव्राक्रस निर्माण गर्ने बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाईँले जनाएका छन् ।

कार्यक्रम अध्यक्ष प्रसाईँको अध्यक्षता र महासचिव राजेन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्