समाजसेवामा जुट्दै श्रमिक महिला समूह


बेलबारी, मोरङ / स्थापनाको छोटो अवधिमै श्रमिक महिला समूह बेलबारीले विभिन्न क्षेत्रमा काम गर्दै आफूलाई एउटा एउटा सामाजिक संस्थाको रूपमा परिचित गराउन सफल भएको छ ।
वि.स. २०७४ सालदेखि समाजसेवामा अग्रसर भएको श्रमिक महिला समूहले वि.स. २०७५ साल श्रावण ८ गते जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भए पश्चात् मात्र आधिकारिकता प्राप्त गरेको देखिन्छ ।
गत साल आएको बाढीबाट घरबार विहीन हुन पुगेका वाढिपिडितलाई खाद्यान्न तथा झुल लगायतका सामग्री उपलब्ध मात्र गराएर आफ्ना पाईलाहर सामाजिक क्षेत्रमा अगाडि बढाएको श्रमिक महिला समूहले यी बाहेक अन्य कामहरू पनि गर्दै आएको छ ।
 
महिलालाई जागरुक गराउँदै उनीहरूलाई हक अधिकार दिलाउने अभिप्रयायका स्थापना भएको यस संस्थाले केही महिना अघि मात्र कतारमा सामूहिक मृत्युदण्ड पाएका १२ जना नेपालीको कथामा आधारित नेपाली चलचित्रको निर्माण गरेर सचेतना फैलाउने काम गरेको छ ।
 
संस्कार र संस्कृति वचाउँने अभियानमा पनि यस संस्थाले आफूलाई समायित गर्दै आएको छ ।
नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको दिन “तिज विशेष तथा सांस्कृतिक कार्यक्रम“को आयोजना गरेर यसले आफूलाई नेपाली संस्कृतिको पहरेदारको रूपमा पनि उभ्याएको छ ।
भाद्र २७ गते श्रमिक महिला समूहले बेलबारी नगरपालिका वार्ड नं १ को हाटबजारमा तिज विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुलीले उद्घाटन गरेकी थिइन ।
 
उक्त अवसरमा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी वार्ड नं १ वडाध्यक्ष चक्रबहादुर खुलाल, वाड सदस्यद्वय विन्दु गुरुङ र रमेश निरौला, बेलबारी जेसिसका अध्यक्ष राजन प्रसाईँ, उद्योग वाणिज्य सङ्घ बेलबारीका सचिव एवम् बेलबारी जेसिसका पूर्व अध्यक्ष माधवराज थापा, लायन्स क्लब अफ बेलबारीका अध्यक्ष केदार प्रसाईँ, दिपज्योति महिला सकासकी अध्यक्ष पार्वती बराल, मोरङ नेत्रहीन सङ्घकी अध्यक्ष शावित्रा कोइराला, अमना सिसौली सामुदायिक वनका अध्यक्ष लीला आचार्य एन एम वि बैङ्क बेलबारीका प्रबन्धक तोर्णबहादुर कार्की, लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
 
उद्घाटन पश्चात् कार्यक्रमलाई संवर्धन गर्दै बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुलीले चाडबाडले सबै समुदायलाई एक आपसमा जोड्न सहयोग गर्ने हुनाले यसको महत्त्वलाई बचाएर राख्नु पर्ने बताइन। साथै तिजलाई आफ्ना गच्छे अनुसार मनाउन र यसलाई भड्किलो खर्चिलो हुनबाट वचाउँनु पर्ने उनको जोड रहेका थियो ।
कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं १ वडाध्यक्ष चक्रबहादुर खुलालले पनि कार्यक्रममा शुभकामना दिएका थिए ।
 
सो अवसरमा पूर्वेली गायिकाद्वय अन्जु गौतम र यमुना पराजुलीको बेजोड प्रस्तुति रहेको थियो । उनीहरूको प्रस्तुतिलाई त्यहाँ उपस्थित अधिकांक्षले छमछम नाचेर सहयोग पुर्याएका थिए ।
साथै उक्त अवसरमा अमिसा रिसाल र अनिसा रिसाल लगायतका नव गायिकाहरूको पनि प्रस्तुति रहेको थियो ।
उक्त अवसरमा आयोजक संस्थाका सदस्यहरूले तिज गीतमा नाचेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।
साथै सोही अवसरमा समूहका सदस्यहरूलाई संस्थाको सदस्ता प्रमाण पत्र तथा एन एम वि बैङ्कले तिजको अवसरमा नयाँ खाता खोल्ने श्रमिक महिलाका सदस्यहरूलाई प्रदान गरेको १० ग्राम बराबरका चाँदीका सिक्का पनि वितरण गरिएको थियो ।
 
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली तथा संस्थाकी अध्यक्ष नितु थापाले संस्थाका सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरेका थिए ।
महिला दिदी बहिनीहरूको नेतृत्व गर्दै समाजसेवामा आफूलाई सरिक गराउन सकेकोमा संस्थाकी अध्यक्ष नितु थापा खुसी व्यक्त गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्