वडा सचिव कुट्ने लेखा अधिकृतले मागे माफी


उत्तम पोख्रेल , बेलबारी / ३८ वर्ष लामो निजामती सेवामा जागिर खाइसकेका व्यक्तिलाई परिपक्व मान्नेकी नमान्ने ? झट्ट समझदा जागिरबाट अवकाश लिने व्यक्ति परिपक्व हुन्छनै । उनीहरूका अनुभव लिने समयमा आफू भन्दा तल्लोतहका कर्मचारी कुटिनुले शंखा समेत उब्जाउ छ ।

तर मोरङका एक कर्मचारीले शुक्रवार इलाका प्रहरी कार्यालयमा लज्जास्पद आपना अनुभव सुनाएका छन् । बेलबारी नगरपालिका वडा नम्बर ७ का वडा सचिव कुट्ने लेखा अधिकृतले लामो समय सम्म जागिर खाए पनि जुनसुकै वडाको काम एउटै सचिवले गर्न सक्ने भनाई राखेका छन् । सुरक्षाको घेरा भित्रै वडा सचिव उमेश खनाल कुट्ने सहरी विकास कार्यालय विराटनगरका लेखा अधिकृत मदन बहादुर कार्कीले पिडक सँग माफी माग्दै भनेका छन् मैले ३८ वर्ष सम्म जागीर खाँदा यस्तो भएको थिएन यस पटक यस्तो भयो माफी मागिदिन्छु नत ।

छोराको जन्मदर्ताको प्रतिलिपि लिन वडा कार्यालमा आएका लेखा अधिकृत मदन बहादुर कार्कीले वडा सचिवलाई काम नगरी घाममा अर्को वडामा पठाएको भन्दै भित्तामा धकेलेका थिए । वडा नन्बर ९ ले गर्ने काम आफूले गर्न नसक्ने बताएपछि मलाई हात पात गरेको वडा सचिव खनालेल बताएका छन् ।

माफी माग्दा समेत उनले मागिदिन्छु भने पछि केही वडा सचिवले तपाइले निजामती सेवाको बेईजत गर्नु भएको भन्दै उनको प्रतिकार समेत गरेका थिए । उनीहरूले एउटै सचिव बाट काम हुने भए तपाईँ पनि नगरपालिकाको चेक काटी दिनु होस भन्दै वडा सचिव चर्की पछि कार्कीले मिल्ने साथी भए जुन सुकै कार्यालयको चेच दिन सक्ने भनाई राखेका छन् ।

२० वर्ष सम्म कर्मचारीको हातमा देश परेको भन्दै विरोध भइरहेका बेला कर्मचारीले दिइने यस्ता जवाफ बाट संघियता कसरी टिक्छ । एक जिम्मेवार निजामती कर्मचारीले अर्का कर्मचारीलाई कुट्दै विभिन्न लज्जास्पद तथा गैर जिम्मेवार पुर्ण जवाफ दिनुले तल्लातकका कर्मचारीले माथिल्ला तहका कर्मचारी बाट के आस गर्ने जस्ता प्रश्न उबज्न थालेका छन् ।

सुरक्षाको घेरा भित्रै कर्मचारी कुटिएका छन् । त्यही पनि सरकारी कार्यालयकै कर्मचारी बाट उनी कुटिनु कतिको लज्जासपद हो । प्रहरी चौकी बाउनिको कम्पाउन्ड भित्रै वडा सचिव माथि सेवाग्रहि बनेर आएका सचिव कुटिनुले शान्तिसुरक्षामा समेत प्रश्न उठेको छ ।
उनले माफी मागेपछि घटना समेत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्