बेलबारीमा प्रथम नमुना बाटोको उद्घाटन तथा सार्वजनिक सुनुवाइ


खनेन्द्र कुमार राई (अर्जुन) ;
बेलबारी / बेलबारी नगरपालिकाको वाड नं. ३ स्थित दोगडे टोलको कालोपत्रे बाटोको उद्घाटन शनिवार भएको छ ।

बेलबारीमा बाटो, पैनी, पुल लगायत अन्य भौतिक विकास निमार्णको लागि धेरै उपभोक्ता समिति बने तर सबैमा निर्माण कार्य सम्पन्न पश्चात् आर्थिक कारोबार सार्वजनिक कार्यक्रम न्यून रूपमा मात्र भएको पईन्छ । आर्थिक कारोबार उपभोक्ता तथा सरोकारवालाहरूलाई पारदर्शी रूपमा सार्वजनिक नगर्दा विवाद सृजना त हुन्छ नै थप निर्माण कार्यको योजना पनि ढिलाइ हुने गर्छ ।

तर यस संस्कारलाई तोड्दै दोगडेदेखी ३ नं. सीमासम्म सडक कालोपत्रे निर्माण उपभोक्ता समितिले आर्थिक प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेर नयाँ कालोपत्रे सडकको उद्घाटन गरेको छ । सो मार्गको नाम कृर्षी मार्ग हो ।

बेलारी नगरपालिकाका प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले रिविन काटेर नयाँ कालोपत्रे सडकको उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दौ नगर भित्र गठन भएको भौतिक विकास निमार्ण उपभोक्ता समिति मध्यको सार्वजनिक सुनुवाइ कार्यक्रम, आम उपोभोक्ताहरू नामवाली तथा आर्थिक विवरण शिलालेखमा लेख्ने कार्य, स्तरिय मात्र नभएर सुन्दर, सुरक्षित र ट्राफिक चिन्नहरु राखेर व्यवस्थित रूपमा उत्कृष्ट शाखाबाटको निर्माण बेलबारीमा नै पहिलो पटक भएको अध्यक्ष सुबेदीले बताएका छन् ।

कार्यक्रममा बेलबारी वाड नं. ३ का सदस्य चन्द्र राई,बेलबारी ट्राफिक कार्यालयमा प्रमुख लिला श्रेष्ठ, मैनाबारी टोलका अध्यक्ष कञ्चन कुलुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सार्वजनिक प्रतिवेदन समितिका सचिव मदनसिंह थापा मगरले प्रस्तुत गरेका थिए ।

साझेदारीमा नगरपालिकाबाट आ.व. २०७४÷२०७५ को विनियोजित रकम रु.२५ लाख र आम उपभोक्ताहरूबाट सङ्कलित रकम रु.३१ लख ६९ हजार १०० रुपैयाँले दोगडे देखी वाड नं. ३ को अन्तिम सीमा सम्म ५ मिटर चौडाइ र ८ सय २५ मिटर लम्बाईको कालोपत्रे सडक निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष लालबहादुर गुरुङको नेतृत्वमा सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइ तथा उद्घाटन कार्यक्रमको अवसरमा बेलबारी वाड ३ स्थाई बसोबास गर्ने ९८ बर्षिय जेष्ठ नागरिक रत्नबहादुर बस्नेतलाई उपभोक्ता समितिले सम्मान गरेको छ ।

उक्त सडकको छेउ छेउमा रुखको बिरुवा, रोपिएको छ । मुख्य लोकमार्गमा जस्तै गरी सुरक्षाको लागी चालकहरूलाई सचेत गराउन ट्राफिक चिन्न तथा जानकारी बोर्ड पनि राखिएको छ । आम उपोभोक्तको नामावली तथा सङ्कलित रकमको विवरण शिलालेखमा लेखिएको छ ।

बेलबारी नगरपालिका भित्र कालोपत्रे सडक निर्माण भएको शाखाबाटोहरुमा यस्तो व्यवस्थित र सुन्दर सडक धेरै नै कम छ । तसर्थ बेलबारीकै उत्कृष्ट र नमुना बाटो भन्दा फरक नपर्ला ।

प्रतिक्रिया दिनुहोस्