सहयोगी हातहरूको खर्च सार्वजनिक : छात्रवृत्ति कोषको स्थापना


बेलबारी, असोज ७/ सहयोगी हातहरू संस्थाले तीज विशेष कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गर्दौ छात्रवृत्ति कोषको स्थापना गर्ने घोषणा गरेको छ । तीज विशेष सांस्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रम भाद्र २७ सम्पन्न भएको हो ।

आइतबार पत्रकार सम्मेलन गरी तीज विशेष सांस्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गर्दौ बचत भएको रकमले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएका छन् । सो कार्यको लागी छात्रवृत्ति कोष स्थापना गर्ने आयोजकले बताए । १ लाख ७० हजार ६ सय ५ रुपैयाँ सङ्कलित रकममा ७४ हजार ९ सय बचत भएको छ भने जम्मा खर्च ९५ हजार ७ सय ७५ भएको कार्यक्रम संयोजक विपिन श्रेष्ठले बताए ।

सहयोगी हातहरू संस्थाको स्थापना २०७४ सालमा भएको हो । संस्थाको स्थापना भएको १ वर्ष मात्र भए पनि सामाजिक क्षेत्रमा धेरै योगदान रहेको छ । सामाजिक कार्यमा सक्रिय सहयोगी हातहरूले विगतमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम, बाढिपिडितहरुलाई लत्ताकपडा वितरण, विद्यार्थीहरूलाई कपि कलम वितरण, विज्ञान प्रयोगशाला निर्माणका लागि रकम वितरण कार्यक्रमहरू गरी सकेका छन् ।

तीज विशेष सांस्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रममा सञ्जीव कुमार धिमाल, दुर्गा न्यौपाने र यमुना पराजुली, लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय २ जना गायक र ९ जना साहित्यकारहरूलाई संस्थाले सम्मान पनि गरेको थियो । छात्रवृद्धी कोषलाई वृद्धि गर्न संस्थाले आगामी दिनहरूमा अन्य कार्यक्रमको आयोजना गर्दौ जाने कार्यक्रम संयोजक विपिन श्रेष्ठले बताएका छन् ।

सम्मेलन बेलबारी वडा नं २ का वडा अध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यमा र संस्थाका अध्यक्ष मेघराज परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्