लेटाङ फुटबल क्लबको सेमिफाईनलमा प्रवेश


बेलबारी / स्मृति नकआउट फुटबल प्रतियोगिताको आईताबार भएको खेलमा लेटाङ फुटबल क्लबले नव युवा सोच, बेलबारीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

स्मृति फुटबल युवा समूह बेलबारी को आयोजनामा बेलबारी –३ स्थित बेलबारी रङ्गशालामा जारी प्रतियोगिताको दोस्रो खेलमा लेटाङ फुटबल क्लबले नव युवा सोच, बेलबारीलाई ५–० को फराकिलो अन्तरले हराएको हो ।

खेलको पहिलो हाफमा लेटाङ फुटबल क्लबका जर्सी नम्बर १० का खेलाडी आशिष् लिम्बुको क्रस पास मा जर्सी नम्बर १४ का भुवन राईले खेलको ४ मिनेटमा नै पहिलो गोल गरेका थिए । जर्सी नम्बर ३ का खेलाडी समीर मगरले १९ मिनेटमा दोस्रो गोल गर्दौ टिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको समापन सम्म नव युवा सोच, बेलबारी भने गोल विहीन थिए ।

दोस्रो हाफको १० मिनेटमा जर्सी नं. १० का आशिष् लिम्बुले पुन १ गोल गरेर पहिलो खेलमा नै लिम्बुले २ गोल गरेका छन् । लेटाङको जर्सी नम्बर ८ का यमन लिम्बुले १४ मिनेटमा गोल गरेर नव युवा सोचलाई दबाबपूर्ण स्थिति बनाएका थिए । लेटाङको जर्सी नं. ७ का योगेन्द्र लिम्बुले दोस्रो हाफको १९ मिनेटमा निर्णायक गोल गर्दौ टिमलाई सेमिफाईनलमा पुराएका छन् । नव युवा सोच, बेलबारीको निराशाजनक खेलले दोस्रो हाफमा पनि गोल विहीन हुँदै हार बेहोरेका छन् ।

खेलको म्यान अफ दि म्याच लेटाङका जर्सी नं. १० का खेलाडी आशिष् लिम्बू घोषित भए । प्रतियोगिताको सोमबार हुने तेस्रो दिनको खेल बेलबारी फुटबल क्लब बेलबारी र डी.एफ.सी बिच हुने स्मृति फुटबल युवा समूहका अध्यक्ष इन्द्र राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्