बेलबारी, १९ जेठ । बेलबारी युके समाजले बेलबारी फुटबल क्लबलाई रु.४२ हजार बराबरको खेल सामाग्री हस्तान्तरण गरेको छ ।
सोमबार प्रस्तावित बेलबारी फुटबल रङ्गशालाको खेलमैदानमा बेलबारी युके समाजको तर्फबाट रिक्त गुरुङ र हिमाल गुरुङले क्लबका अध्यक्ष रसिन लामा र टिम क्याप्टेन राजकुमार राईलाई सामाग्री हस्तान्तरण गरेका हुन ।
बेलबारी फुटबल क्लबको खेल विकासको लागि खेल सामाग्री प्रदान गरेको रिक्त गुरुङले जनाएका छन् । गुरुङका अनुसार स्थानीय युवाहरू रोजगारको क्रममा युके पुगेका बेलबारीबासीहरुद्वारा बेलबारी युके समाजको निमार्ण भएको हो ।
सोही समाजले बेलबारी फुटबल क्लबलाई विगतदेखीनै निरन्तर आर्थिक सहयोग गरी रहेको उनले बताए । वैदेशिक रोजगारमा युके पुगेका बेलबारी २ निवासी दिनेश गुरुङको नेतृत्वमा रु.४२ हजार रकम क्लबलाई पठाएको गुरुङले जनाएका छन् ।
हेमराज गुरुङ, बोधप्रकाश गुरुङ, तुल्सा राई, दिपु राई, पङ्कज आर्चाय, पुस्कल, टिका गुरुङ, एलबी सुब्बा, ज्ञान एका अबिन लिम्बु, सुवास राई, दिवस राई, हेमराज राई (राजु) ले आर्थिक सहयोग गरेका हुन । बेलबारी फुटबल क्लबका अध्यक्ष रसिन लामाले बेलबारी युके समाजलाई धन्यवाद प्रदान गरेका छन् ।
https://youtu.be/LPnAJ9P-r-M