सिटी सफारी चालक बालिकालाई नगरको,पढ्ने आर्थिक सहयोग


बेलबारी /सफारी चालक बालिका रिता कार्कीलाई बेलबारी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आइतबार बेलबारी नगरपालिकाको आयोजनामा भएको महिला तथा बालबालिकाहरू माथि हुने शारीरिक तथा मानसिक दुर्व्यवहार विरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रममा रितालाई आर्थिक सहयोग गरेको हो ।

कार्यक्रम प्रदेश नं १ सांसद यशोदा अधिकारीको प्रमुख आतिथ्यमा र नगरपालिकाका उपप्रमुख ढाका पराजुलीको सभापतित्वमा सम्पन्न भएको हो । मोरङको बेलबारी वाड नं. ११ का १४ वर्षीय रिताले घरको आर्थिक स्थिति कमजोर भएको कारण घर खर्च र आफू अध्ययन गर्न, बाध्यताले सफारी चलाउन थालेकी थिइन । उनको बारेमा विभिन्न पत्रपत्रिकाले लेखे पछि रिताको बारेमा सबैको चासो बढेको थियो । बेलबारी नगरपालिकाले पनि रिताको बारे थाहा पाए पछि उनको उज्ज्वल भविष्यको लागी आर्थिक सहयोग गरेको हो ।

उनकी आमा जुना कार्कीले निग्रो बेचेर आउने आमदानीबाट घर खर्च धान्न नसक्ने भए पछि सिटी सफारी चलाउन बाध्य भएको रिता बताऊ छिन । स्थानीय लक्ष्मी माविमा कक्षा ९ मा अध्ययनरत रिताले बिहान स्कुल बिदा भए पछि दिउँसो सिटी सफारी चलाऊ थिइन । त्यही कामबाट हुने आमदानीले घर खर्च र उनको पढाई खर्च जुटाउँदै आएकी थिइन ।

उनको उज्ज्वल भविष्यको लागि पढाइखर्च अभाव भएपछि उनको आँट र सानै उमेरमा लिएको जिम्मेवारीको सम्मान गर्दौ केही आर्थिक सहयोग गरेको नगरपालिकाका उपमेयर ढाका पराजुलीले बताइन् ।

रिता खुसी हुँदै अब उनी राम्रो गरी पढ्ने बता उछिन । अन्य विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने भएपछि उनले सफारी बेचेकी छिन । उनको यो खुसी दिर्गकालिन रहोस् र फेरी सिटी सफारीको सिटेरिङको हेन्डिल रिताले कहिले समाउन नपरोस यही कामना गरै ।

प्रतिक्रिया दिनुहोस्