प्याव्सन बेलबारीको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा बस्नेत


बेलबारी । प्याव्सन नगर समिति बेलबारीको पहिलो नगरअधिबेशनबाट भुपाल बस्नेत अध्यक्षमा चयन भएका छन् । बस्नेतको अध्यक्षता ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार बेतना सिमसारको सभाहलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल बेलबारीले प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनको खुल्ला सत्रमाको उद्घाटन प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीद्वारा भएको थियो ।

कार्यक्रममा बेलबारी नगरभित्रबाट उत्कृष्ट अङ्क ल्याउने छात्र/छात्रालाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरूमा अमर सेकेन्डरी बोर्डिङ स्कुल बेलबारी १० कि छात्रा सलिना तामाङ साथै सिद्धार्थ मेमोरियल इङलिस स्कुलका २ छात्र निल कुमार कार्की र पुकार पौडेल सम्मानित भएका छन् ।

खुल्ला सत्र कार्यक्रम नगर प्याव्सन सचिव तथा प्रगति इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल महेन्द्र गिरीले सञ्चालन गरेका थिए भने प्याव्सन नगर समिति बेलबारीका अध्यक्ष भुपाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्