लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गैडहवा गाउँपालिकालाई आर्थिक सहयोग


सुर्यपुरा रुपन्देही, २९ जेठ । गैडहवा गाउँपालिकाको कोरोना राहत विपद् तथा क्वारेनटिन व्यवस्थापनको लागि लक्ष्मी बैङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय सुर्यपुराले आर्थिक सहयोग गरेको छ ।

गैडहवा गाउँपालिका वडा नं ६ स्थित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिं शाखा कार्यालय सुर्यपुरा का शाखा प्रबन्धक श्री राजेश कुमार चौधरी ज्यू ले गैडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केवटलाई रु. १० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

यस अघि संस्थाले सात वटै प्रदेशलाई २–२ लाखको दरले रु. १४ लाख सहयोग गरी सकेको छ भने ७२ वटा शाखा कार्यालय रहेको स्थानीय कार्यालय मार्फत वित्तीय सहयोग थप ७ लाख गरी देश भरी समानुपातिक रूपमा रु.२१ लाख सहयोग हुने संस्थाले जनाएको छ ।

शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत केही भए पनि कोरोना विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन पाएकोमा निकै खुसी लागेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयका शाखा प्रबन्धक राजेश कुमार चोैधरीले जनाएका छन् ।

साथै शाखा कार्यालय अन्तर्गत आफ्नो ग्राहक सदस्यहरूलाई सुरक्षित रहन र आगामी असार मसान्त सम्म व्याज दर घटेको हुँदा जति सकिन्छ किस्ता जम्मा गर्न समेत संस्थाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्