रिताले पढाइको लागि शैक्षिक सामाग्री सबै पाइन


खनेन्द्र कुमार राई (अर्जुन)  बेलबारी / मोरङको बेलबारी नगरपालिका वाड ११ निवासी रिता कार्कीले घरको आर्थिक स्थिति कमजोर भए पछि घर खर्च धान्न र पढ्नलाई सिटी सफारी चलाउँथिन ।


रिता मात्र १४ वर्षकी बालिका हुन । उनी बेलबारी नगरपालिका वाड नं. १०, लक्ष्मीमार्गमा अवस्थित लक्ष्मी मा.वि मा कक्षा ९ मा अध्ययनरत छिन । अहिले उनीलाई बेलबारी नगरपालिकाले साथै अन्य विभिन्न सङ्घ संस्था, व्यक्तिले सहयोग गर्ने भएको कारण अब रिताले ढुक्कसँग पढ्न पाउने भएकी छिन ।

केही दिन अगाडी मात्र बेलबारी नगरपालिकाले पढाई खर्चको लागि रु.१० हजार प्रदान गरेको थियो । बुधवार भने रितालाई यस्तो मनकारी व्यक्तिको सहयोग मिलेको छ, जसले रिताको पढाई नसकिन्जेल सबै शैक्षिक सामाग्री नि शुल्क उपलब्ध गराउने भएकी छिन । रिता कार्कीलाई सहयोग गर्ने व्यक्ति बुढिगंगा गाउँपालिका वाड नं. ३ मा अवस्थित स्मृति बोर्डिङ स्कुलका संस्थापक रिता न्यौपाने हुन । न्यौपाने आफू पनि आर्थिक स्थिति कमजोर भएको कारण दुखले पढ्नु परेको अनुभव बताउँदै कोही पनि बालबालिकाहरूले पढाई बाट कहिले वञ्चित नहोस् भन्ने उद्देश्यले रितालाई सहयोग गरेको जनाइन । बेलबारी नगरपालिकाका उपमेयरले सामाजिक सञ्जालमा रिताको बारे स्टाटस पोस्ट गरेको देखे पछि सहयोग गर्ने मैका पाएको न्यौपानेले बताइन ।

प्रारम्भिक समयको लागि रितालाई एक वर्ष सम्म पुग्ने कपि कलम, विद्यालय पोसाक, झोला लगायतका सामाग्री हस्तान्तरण गरेका छन् । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम बेलबारी नगरपालिकाको कार्यालयमा नै सम्पन्न भएको हो ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बेलबारी नेकपाका संयोजक ईरन राईको पनि उपस्थिति रहेको थियो । रिता कार्की र आमा जुनु कार्कीलाई शैक्षिक सामाग्री कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका उपमेयर ढाका पराजुली साथै रिता न्यौपाने तथा उपस्थित सहयोगी टोलीका सदस्यद्वारा हस्तान्तरण भएको थियो ।

रिता कार्कीलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम लक्ष्मी मा.बिका प्रधानाध्यापक गोविन्द भन्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्