गायक हेमन्त शर्माद्वारा रु.७५ हजार उपचारार्थ सहयोग


खनेन्द्र कुमार राई (अर्जुन) – बेलबारी / गायक हेमन्त शर्माले रु.७५ हजार उपचारको लागि सहयोग रकम ब्रेन हेम्रेजका बिरामी ताप्लेजुङ, फक्ताङलुङका डम्बर बहादुर लिम्बुलाई प्रदान गरेका छन् ।


काठमाडौँ देखी बेलबारी आएर नै गायक शर्माले डम्बर बहादुर लिम्बुका छोरी आरोही लिम्बुलाई उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेका हुन ।
सो रकम बेलायतमा वैदेशिक रोजगारमा गएका दल बहादुर राईको नेतृत्वमा रु.७५ हजार रकम सङ्कलन गरेर गायक शर्मालाई बिरामीको परिवारलाई हस्तान्तरण गर्दिन अनुरोध गरेर पठाएको स्वयम उनले जनाएका छन् ।

ब्रेन हेम्रेजबाट पीडित डम्बर बा. लिम्बु हाल २ महिना देखी झापाको बिर्तामोडमा उपचार गर्दौ बसेका छन् । केही महिना अगाडी उनको मोरङको विराटनगर स्थित नोबेल अस्पतालमा ब्रेनको सफल शल्यक्रिया गरे पछि अहिले बिर्तामोडमा बसिरहेको छोरी आरोहीले बताइन ।

बुबाको शल्यक्रिया ऋणपान गरेर गरेको छोरी आरोही बताऊ छिन । लिम्बुको परिवारमा आयआर्जन गर्ने मुख्य व्यक्ति नै रोगबाट ग्रसित भए पछि उपचार गर्ने रकम पनि नभएको बेला बेलायतबाट सहयोग गर्नु हुने दल बहादुर राई साथै उनी मार्फत सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्