उत्तर कोरिया र दक्षिण कोरियाको सम्पर्क कार्यालय बमले उडाए


काठमाडौँ, २ असार । उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्क स्थापित गर्नका लागि केइसङको सीमा क्षेत्रमा बनाएको सम्पर्क कार्यालय आज (मङ्गलवार) बमले उडाई दिएको दक्षिण कोरियाका युनिफिकेशन मिनिस्टरले जानकारी दिएका छन् । दक्षिण कोरियाको मिनिस्ट्री अफ युनिफिकेशन (एमओयु) ले उक्त विस्फोट स्थानीय समयानुसार दुई बजेर ४९ मिनेटमा भएको हो ।

उत्तर कोरियाले दक्षिण कोरियाको सीमामा बनेको यो संयुक्त औद्योगिक कम्प्लेक्समा बनेको कार्यालय ध्वस्त पारेको रिपोर्टमा उल्लेख छ । यो घटनापछि परमाणु हतियारद्वारा सुसज्जित उत्तर कोरिया र छिमेकी दक्षिण कोरियाबिचको तनाव निकै गहिरिएको छ ।

यसअघि उत्तर कोरियाली सेनाले सीमा क्षेत्रस्थित सैन्यरहित इलाकामा प्रवेश गर्न तयार रहेको जनाएको थियो । दक्षिण कोरिया हुँदै देशबाट भागेकाहरूले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि दुई देशबिच तनाव छ ।

झन्डै एक साताअघि दक्षिण कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई कारबाहीका लागि तयार रहन आदेश दिइएको बताएकी थिइन् । र, अहिले उनले सेनाले फ्रन्टलाईनमा खटिएर देशको रक्षा गर्न तयार रहेको जनाएकी हुन् । स्रोत एनके न्युज

प्रतिक्रिया दिनुहोस्