सुरुमा बिरामी पर्नेहरूबाट धेरै व्यक्तिमा कोरोना सर्न सक्ने खतरा : डब्ल्यूएचओ


काठमाडौँ, २ असार । नेपालमा कोरोना संक्रमितहरुमा जटिल खालको समस्या नदेखिइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले संक्रमण जोखिमविरुद्ध लडिरहेकाहरूलाई काम उपयोगी सूचना जारी गरेको छ ।

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणपछि सुरुमै बिरामी पर्नेहरू बढी संक्रामक हुने डब्लूएचओले जानकारी गराएको छ । अनुसन्धानमा संक्रमणपछि सुरुमा बिरामी पर्नेहरूबाट धेरै व्यक्तिमा कोरोना सर्न सक्ने खतरा भएको डब्लूएचओले मङ्गलवार बताएको हो ।

डब्लूएचओकी महामारीविज्ञ मारिया भान करकोभ भन्छिन्, ‘संक्रमणपछि सुरुवातमै बिरामी पर्ने र कोरोनाको लक्षण देखिनेहरूले धेरै भाइरस बोकेका हुन्छन् जसले अन्यमा बढी कोरोना सार्ने सम्भावना हुन्छ ।’

बिरामी पर्नेहरूबाट सर्ने कोरोना नियन्त्रण गर्न गाह्रो हुने पनि डब्लूएचओले जनाएको छ । यद्यपि मानिसहरूमा कोरोना परीक्षण गरिरहे र व्यक्ति–व्यक्तिबिचको दुरीको नियम पालना गरे कोरोना भाइरसबाट जोगिन सकिने जनाइएको छ ।

स्यानिटाइजर लगाउने, हात धुने र भीडमा नगएमा पनि कोरोनाबाट बच्न सकिने डब्लूएचओले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्