विश्वभर कोरोनाबाट ४ लाख ४५ हजार ९५७ को मृत्यु : ८२ लाख ५६ हजार ६५९ संक्रमित


काठमाडौँ, ३ असार । विश्वभर कोरोना संक्रमितको संख्या ८२ लाख ५६ हजार ६५९ पुगेको छ । वल्र्डमिटरको अनुसार ४ लाख ४५ हजार ९५७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट विश्वमा ४३ लाख ६ हजार ४०६ जना निको भएका छन् । विश्वमा कोरोनाबाट सबै भन्दा बढी प्रभावित देश अमेरिकामा १ लाख १९ हजार १३२ जनाको मृत्यु भएको छ भने २२ लाख ८ हजार ४०० जना संक्रमित भएका छन् ।

अमेरिका पछि सबै भन्दा बढी प्रभावित देश ब्राजिल हो । ब्राजिलमा ४५ हजार ४५६ जनाको मृत्यु भएको छ भने ९ लाख २८ हजार ८३४ जना संक्रमित भएका छन् । एसिया अन्तरगत सबै भन्दा बढी कोरोनाबाट प्रभावित देश भारत रहेको छ ।

भारतले कोरोना नियन्त्रण गर्न उच्च सावधानी र उपाय अपनाइरहेता पनि हुन सकिरहेको छैन । तीव्र रूपमा कोरोना प्रभाव फैली रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा अहिले सम्म ११ हजार ९२१ जना पुगेको छ । ३ लाख ५४ हजार १६१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्