विश्वभर कोरोनाबाट ४ लाख ६६ हजार ७२८ को मृत्यु : ८९ लाख १५ हजार ८६४ संक्रमित


काठमाडौँ, ७ असार । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट साढे ४ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । वल्र्डओमिटरको तथ्याङ्क अनुसार ४ लाख ६६ हजार ७२८ को कोरोनाबाट मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित संख्या ८९ लाख १५ हजार ८६४ पुगेको छ भने ४७ लाख ३८ हजार ६०६ जना निको भएका छन् । विश्वमा सबै भन्दा बढी कोरोनाबाट प्रभावित देश अमेरिकामा कोरोना संक्रमित संख्या २३ लाख ३० हजार ५७८ पुगिसकेको छ । १ लाख २१ हजार ९८० जनाको मृत्यु भएको छ । उपचार पछि ९ लाख ७२ हजार ९४१ निको भएका छन् ।

एसिया भित्र हेर्ने हो भने अहिले भारत सबै भन्दा बढी प्रभावित देश हो । भारतमा मृत्यु १३ हजार २७७ को मृत्यु भएको छ । संक्रमित संख्या ४ लाख ११ हजार ७२७ पुगी सकेको छ भने २ लाख २८ हजार १८१ निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्