सुन्दरहरैंचामा क्रिष्टलका गहना बनाउने तालिम सम्पन्न


एलएन गच्छदार – सुन्दरहरैंचा, ७ असार । प्रगति महिला समाजको आयोजनामा मोरङको सुन्दरहरैंचामा १५ दिने क्रिष्टलका गहना बनाउने तालिम सम्पन्न भएको छ । प्रदेश–१ का सांसद चुमनारायण तवदारको कोषबाट सुन्दरहरैंचा नगरपालिकाका २५ जना महिलाहरूका लाति १५ दिनसम्म तालिम सञ्चालन गरिएको हो ।

सो तालिमको समापन कार्यक्रममा तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । शनिवार राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको हो । उक्र कार्यक्रममा प्रदेश सांसद चुमनारायण तवदार, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुंगाना, वडा नम्बर ६ का जीवनकुमार राई लगायतको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरूलाई प्रमुख अतिथि रायमाझी, विशिष्ट अतिथि तबदार र उपप्रमुख तामाङ लगायतले प्रमाणपत्र प्रदान गरेका छन । तालिममा सहभागी भएकामध्ये कृषि लिम्बू र सङ्गीता पोखरेललाई उत्कृष्ट घोषित गरी पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले महिलाहरूलाई आयमूलक तालिम दिएर आय आर्जनमा लगाउनु पर्नेमा जोड दिए । यस्तै प्रदेश सांसद तवदारले आगामी दिनमा पनि आफूले महिलाहरूका लागि आय आर्जन गर्ने कार्यक्रममा लगानी गर्न तयार रहेको बताएका छन् ।

यसै गरी उपप्रमुख तामाङले महिलाहरूले सिकेको सिपलाई सदुपयोग गर्नुपर्ने भन्दै अन्य सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता जनाएकी छन् । तालिममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७ नम्बर वडाका २५ जना महिलाहरूको सहभागिता रहेको आयोजक प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्