बेलबारी नगरपालिकाद्वारा किसानलाई पानी तान्ने मोटर वितरण


बेलबारी, ७ असार । मोरङको बेलबारी नगरपालिकाले किसानलाई पानी तान्ने मोटर वितरण गरेको छ । आइतबार किसानहरूलाई नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले र उपप्रमुख ढाका कुमारी पराजुलीले उक्त उपकरण वितरण गरेका हुन ।

खेती गर्ने समयमा किसानलाई चिसाइको अभाव नहोस् भनेर मोटर वितरण गरिएको प्रमुख सुवेदीले जनाएका छन् । १६ जना किसानहरूलाई  उक्त उपकरण वितरण गरेको उपप्रमुख पराजुलीले बताइन ।

किसानहरूलाई कृषि कार्यमा उत्प्रेरित गर्दै जिविको उपार्जनको रूपमा लिँदै आएको खेती प्रणालीलाई व्यवसायी र आत्मनिर्भर कृषि प्रणालीमा रूपान्तरण गर्नको निम्ति यो कार्यक्रम अघि सारेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी रूपमा निरन्तरता दिइने उपप्रमुख ढाका कुमारी पराजुलीले बताइन । वितरण कार्यक्रममा बेलबारी वाड नं. २ का अध्यक्ष घनश्याम गौतम, सदस्य खिनामाया थापाको पनि उपस्थिति रहेको थियो ।

कृषकहरूलाई स्थानीय सरकार आफ्नो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउन नगरपालिका सधैँ सचेत रहेको बताइन । बेलबारी वाड नं. ९ का गंगा श्रेष्ठले नगरपालिकाले किसानहरूको हितमा काम गरेकोले थप जोसजागर बढेको बन्दै नगरपालिकालाई धन्यवाद प्रदान गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्